सोमबार बसेको एमाले खोटाङको सचिवालय बैठकले एमाले नेता विशाल भट्टराईलगायत १० जनाको नाम सिफारिस गरेको हो ।
खोटाङ — एमाले खोटाङले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको उम्मेदवारका लागि १० जनाको नाम सिफारिस गरेको छ ।
सोमबार बसेको एमाले खोटाङको सचिवालय बैठकले एमाले नेता विशाल भट्टराईलगायत १० जनाको नाम सिफारिस गरेको हो ।
एमाले खोटाङका अध्यक्ष देवविक्रम राईका अनुसार केन्द्रीय सदस्य भट्टराईसहित प्रदेश कमिटी उपसचिव देवान राई, जिल्ला अध्यक्ष देवविक्रम राई, पूर्व केन्द्रीय सदस्य खगेन्द्र राई, रमेश पौडेल, संविधानसभा सदस्य तथा कोशी प्रदेश सामाजिक विकास मन्त्री पााचकर्ण राई, पूर्व जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल, प्रदेश लेखा आयोग सचिव ओमप्रकाश घिमिरे, जिल्ला सचिवालय सदस्य धनकुमार श्रेष्ठ र जेन–जीका तर्फबाट अनेरास्ववियु केन्द्रीय सदस्य विष्णु उपरकोटीको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेहरूको नाम सोमबार नै प्रदेश कमिटीमा पठाइएको समेत राईले बताए ।
