इलाम-२ मा एमालेबाट पुनः सुहाङ नेम्वाङ उम्मेदवार सिफारिस

शनिबार धार्मिक तथा पर्यटकीय क्षेत्र गजुरमुखी धाममा सम्पन्न एमाले इलाम क्षेत्र नम्बर २ प्रतिनिधि क्षेत्र समन्वय कमिटीको बैठकले उक्त क्षेत्रबाट सुहाङको नाम सिफारिस गरेको हो ।

पुस १९, २०८२

लक्ष्मी गौतम

UML recommends Suhang Nembang as candidate again in Ilam-2

पाँचथर — एमालेले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ ।

शनिबार धार्मिक तथा पर्यटकीय क्षेत्र गजुरमुखी धाममा सम्पन्न एमाले इलाम क्षेत्र नम्बर २ प्रतिनिधि क्षेत्र समन्वय कमिटीको बैठकले उक्त क्षेत्रबाट सुहाङको नाम सिफारिस गरेको हो ।

नेम्वाङको एकल नाम सर्वसम्मत सिफारिस भएसँगै अब पुनः एक पटक नेम्वाङ प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने पक्का भएको छ । नेम्वाङ २०८१ वैशाख १५ गते सम्पन्न इलाम-२ को उपनिर्वाचनबाट पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully