लौकहीको पुरी टोलमा कोसी गाउँपालिका-१ का ४५ वर्षीय विजय साहको ज्यान गएको हो ।
सुनसरी — सुनसरीको कोशी गाउँपालिकामा गोली प्रहारबाट एक जनाको ज्यान भएको छ। मध्यराति १ बजे लौकहीको पुरी टोलमा कोसी गाउँपालिका-१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।
घटनास्थल सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको रहेको छ। शाहको मृत्युपछि स्थानीयले अहिले त्यस क्षेत्रमा विरोध प्रदर्शन गरिरहेको स्थानीय सञ्चारकर्मी पवन रौनियारले जानकारी दिए ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । अहिले पीडित पक्ष र प्रशासनबीच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले जानकारी दिए ।
खड्काका अनुसार घटनास्थलबाट २ वटा गोलीको खोका फेला परेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
