मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सप्तमीदेखि रवितर्फ गइरहेका इलामको फाकफोकथुम–४ का सुवास सारु मगरको मृत्यु भएको हो ।

पुस १७, २०८२

लक्ष्मी गौतम

Driver dies in motorcycle accident

पाँचथर — पाँचथरको राँके रवि सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार साँझ उक्त सडक खण्डको धोद्रेमा बा९९प ८८०१ नम्बरको क्रसफायर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा इलामको फाकफोकथुम–४ का ३३ वर्षीय सुवास सारु मगरको मृत्यु भएको हो ।

सप्तमीदेखि रवितर्फ गइरहेका उनी मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

चालक मगरलाई प्राथमिक स्वास्थ्य केन्द्र रविका चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतकको पोस्टमार्टमका लागि प्रक्रिया अगाडि बढाइएको छ । मोटरसाइकलमा सवार अर्का व्यक्ति काशीनाथ मगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully