प्रतिनिधिसभा निर्वाचन : झापामा थपिए ५० हजार बढी मतदाता

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनको तुलनामा झापामा ५० हजार दुई सय २६ मतदाता थपिएका हुन् ।

पुस १५, २०८२

नवराज सुवेदी

House of Representatives election: Over 50,000 voters added in Jhapa

झापा — जिल्लामा ५० हजारभन्दा धेरै मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले प्रतिनिधिसभा निर्वाचन-२०८२ का लागि सार्वजनिक गरेको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता तथा केन्द्र संख्या विवरणअनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनको तुलनामा झापामा ५० हजार दुई सय २६ मतदाता थपिएका हुन् ।

थपिने मतदाताको संख्यामा पुरुषको २७ हजार तीन सय दुई छ भने २२ हजार नौ सय २४ महिला मतदाता थपिएका हुन् । २०७९ को निर्वाचनमा झापामा कुल मतदाताको संख्या ६ लाख ६३ हजार तीन सय ११ थियो भने हाल अर्थात २०८२ को निर्वाचनमा उक्त संख्या बढेर ७ लाख १३ हजार पाँच सय ३७ पुगेको हो ।

त्यस्तै, गत निर्वाचनमा सात सय ६६ वटा मतदान केन्द्र रहेकामा यसपटक ४९ वटा मतदान केन्द्र पनि थपिएको छ । जसअनुसार मतदान केन्द्रको संख्या आठ सय १५ वटा पुगेको छ । जिल्लामा मतदान स्थल भने बढाइएको छैन । झापामा दुई सय ८५ वटा मतदानस्थल रहेका छन् ।

नवराज

Link copied successfully