हलेसीमा चिनियाँ महिला पक्राउ

गैरकानुनी रूपमा हलेसीमा बस्दै आएको जानकारीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताएका छन् ।

पुस १५, २०८२

डम्बरसिं राई

Chinese woman arrested in Halesi

खोटाङ — हलेसीमा चिनियाँ महिला पक्राउ परेकी छन् । चीनको जिन्स्यु नन्याङ रोडकी अन्दाजी ३५ वर्षीया जिओ जियायिन नाम बताउने महिला मंगलबार दिउँसो २ बजे हलेसीमा पक्राउ परेकी हुन् ।

गैरकानुनी रूपमा हलेसीमा बस्दै आएको जानकारीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताएका छन् । 

उनलाई अध्यागमन विभागमा पठाइएको मिश्रले सुनाएका छन् । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully