अनाथ बालबालिकालाई पत्रकारले गरे शैक्षिक सामग्री सहयोग

पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले स्थापना दिवसमा स्रोत जुटाएर सामाजिक उत्तरदायित्व निर्वाहका लागि बालबालिकालाई सानो सहयोग गरेको बताए ।

पुस १४, २०८२

विनोद घिमिरे

Journalists provide educational materials to orphaned children

धनकुटा — पत्रकार महासंघ धनकुटा शाखाले मदन-आश्रित प्रतिष्ठानद्वारा श्रीपन्चमी पार्कमा संचालित बाल पुन:स्थापना केन्द्रका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ । धनकुटा जिल्ला शाखाको ३३ औं स्थापना दिवसको अवसर पारेर बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

पत्रकार महासंघका संस्थापक सञ्जय सन्तोषी राई, पूर्वअध्यक्षहरु विजय सन्तोषी राई, नगेन्द्र राई, राजेश्वर श्रेष्ठ, मदन-आश्रित प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं लगायतले शैक्षिक सामग्री प्रदान गरे । 

पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले स्थापना दिवसमा स्रोत जुटाएर सामाजिक उत्तरदायित्व निर्वाहका लागि बालबालिकालाई सानो सहयोग गरेको बताए । 

२०६४ सालमा द्वन्द्वपीडित बालबालिकाको संरक्षणका लागि स्थापना गरिएको केन्द्रमा अहिले १३ जना अनाथ बालबालिका संरक्षित छन् । उक्त केन्द्र स्थानीय तह, कोशी प्रदेश सरकार र दताहरुकै सहयोगमा चलिरहेको छ । पत्रकार सञ्जय सन्तोषी राई, गोपालप्रसाद अधिकारी, टंकबहादुर राई, विष्णुमान श्रेष्ठ, विजय सन्तोषी राई लगायतको पहलमा २०४९ सालमा पत्रकार महासंघ धनकुटाको स्थापना भएको थियो । 

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully