गाउँको उत्पादनलाई प्रत्साहित गर्ने र बालबालिकालाई पुस्तक बोक्न सहजताका लागि वडाको वार्षिक कार्यक्रम अनुसार झोला वितरण गरिएको वडाध्यक्ष सन्तोष लिम्बूले बताए।
ताप्लेजुङ — फुङलिङ नगरपालिका १० फुरुम्बुका २ सय ४० जना विद्यार्थीलाई अल्लोको झोला वितरण गरिएको छ ।
सामुदायिक विद्यालयका १ देखि ५ सम्मका विद्यार्थीहरुलाई झोला वितरण गरिएको वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिए ।
गाउँको उत्पादनलाई प्रत्साहित गर्ने र बालबालिकालाई पुस्तक बोक्न सहजताका लागि वडाको वार्षिक कार्यक्रम अनुसार झोला वितरण गरिएको उनले बताए ।
वडा कार्यालयले यसअघि यहाँका महिलाहरुलाई झोला बुन्ने तालिम दिएको थियो । तालिम पश्चात बनेको झोला खरिद गरेर वडाले वितरण गरेको जनाएको छ ।
वडा कार्यालयका अनुसार मयम मावि सहित जनता, पाथीभरा, नाम्चेडाँडाचौतारा, जनकल्याण, महाकाली, गौरीशंकर र पाथीभरा माता आधारभूत विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
