सहिदभूमि गाउँपालिका-१ कर्कलेस्थित कालसिंह जंगलमा सडेर नचिनिने अवस्थामा पुरुषको कंगाल फेला परेको प्रहरीले जनाएको छ ।
धनकुटा — धनकुटाको सहिदभूमि गाउँपालिकामा मानव कंगाल फेला परेको छ।
सहिदभूमि गाउँपालिका-१ कर्कलेस्थित कालसिंह जंगलमा सडेर नचिनिने अवस्थामा पुरुषको कंगाल फेला परेको प्रहरीले जनाएको छ ।
शनिबार राति फेला परेको कंगालको पहिचान खुलेको छैन । कंगालको प्रकृति र अवस्था हेर्दा ५०/५५ बर्षको तराई मूलको ब्यक्ति हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
जिल्ला प्रहरीबाट गएको अधिकृतसहितको टोलीले प्रारम्भिक अनुसन्धान पछि पोस्टमार्टमका लागि कंगाल धनकुटा अस्पताल पठाएको धनकुटा प्रहरीका सूचना अधिकारी किशोर तामाङले जानकारी दिए ।