सुक्तेन थाबेगु टोल निवासी लिम्बूको बाख्रा चराउन जङ्गल जाने क्रममा थेक्लम्बी भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ताप्लेजुङ — सिरीजङ्गा गाउँपालिका-६ मामाङखे निवासी ३० वर्षीय विजय लिम्बूको सोमबार दिउँसो भीरबाट लडेर मृत्यु भएको छ ।
सुक्तेन थाबेगु टोल निवासी लिम्बूको बाख्रा चराउन जङ्गल जाने क्रममा थेक्लम्बी भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमका अनुसार उनी झण्डै दुई सय मिटर तल झरेको अवस्थामा उनको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी सहायक निरीक्षक हिमराज कट्वाल र कानुनी प्रक्रिया तथा घटनास्थलको अध्ययनका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक आशिस पोखरेलको नेतृत्वको टोली घटनास्थलमा पुगी पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक ल्याइएको वडाध्यक्ष सुखराज लिम्बूले जानकारी दिए ।
