जाडो मौसममा विद्यार्थीलाई सहज रुपमा अध्ययनका लागि सघाउन गाउँपालिकाले स्वीटर र टोपी वितरण सुरु गरेको हो ।
धनकुटा — धनकुटाको सहिदभूमि गाउँपालिकाले सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण थालेकाे छ।
जाडो मौसममा विद्यार्थीलाई सहज रुपमा अध्ययनका लागि सघाउन गाउँपालिकाले स्वीटर र टोपी वितरण सुरु गरेको हो ।
सहिदभूमि गाउँपालिकाअन्तर्गत रहेका ३९ वटा सामुदायिक विद्यालयका करिब १ हजार २ सय ४३ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ । विद्यालयमै पुगेर बालबालिकालाई टोपी र स्वीटर वितरण गरिरहेको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए ।
स्वीटर र टोपी वितरणका लागि गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार जाडोका कारण विद्यार्थीको नियमित उपस्थिति र स्वास्थ्य सुरक्षामा ध्यान दिएर यो कार्यक्रम संचालन गरेकाे हाे । विनियोजित बजेटले पुग्ने अवस्था आए कक्षा ६ र ७ लाई समेत यो कार्यक्रममा समावेश गरिने अध्यक्ष राईले बताए ।
