कोशी प्रदेश  क्रिकेट टोलीका कप्तान थापाको दुर्घटनामा मृत्यु

एयरपोर्टबाट गणेशचोकतर्फ जाँदै गर्दा थापा सवार १–०२–०४२ प– ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

Koshi Province cricket team captain Thapa dies in accident

काठमाडौँ — मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेश क्रिकेट टोलीका कप्तान २७ वर्षीय मिनाश थापाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको हो । 

एयरपोर्टबाट गणेशचोकतर्फ जाँदै गर्दा थापा सवार १–०२–०४२ प– ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइए पनि राति साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully