प्रतिनिधि सभा निर्वाचन : सोलुखुम्बुमा नेकपाबाट सुरवीर र असिमसहित ५ जनाको नाम सिफारिस

सिफारिस हुनेमा हेमकुमार राई (सुरवीर), असिम राई, शिवबहादुर बस्नेत, आङदावा शेर्पा, र अमिरकाजि कुलुङ रहेका छन् ।

पुस १०, २०८२

भानुभक्त निरौला

House of Representatives election: NCP recommends names of 5 people including Surbir and Asim in Solukhumbu

सोलुखुम्बु — आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पाँच जनाको नाम सिफारिस भएको छ ।

बुधबार अबेर सम्पन्न जिल्ला किमिटी बैठकको सर्वसम्मत निर्णयले प्रत्यक्ष तर्फ पाँच जनाको नाम पठाइएको जिल्ला कमिटी सदस्य भोजराज कार्कीले बताए ।

सिफारिस हुनेमा हेमकुमार राई (सुरविर), असिम राई, शिवबहादुर बस्नेत, आङदावा शेर्पा, र अमिरकाजि कुलुङ रहेका छन् । 

प्रतिनिधि सभाको समानुपातिक तर्फ पुर्व मन्त्रि गोपाल किराँती, पासाङ शेर्पा, निमा तेण्डुप शेर्पा, घनश्याम नेपाली, केशव खड्का, करुणा ढुंगेल, ङिमाडिकि शेर्पा, र अमृता कुलुङको नाम उपल्लो कमिटिमा पठाइएको जिल्ला संयोजक नाम्गेल शेर्पाले जानकारी दिए ।

विश्वको सर्वोच्च शिखर रहेको पर्यटकीय जिल्ला सोलुखुम्बुमा प्रतिनिधि सभाको १ मात्र निर्वाचन क्षेत्र रहेकाले पनि चुनावलाई सबै दलले निकै महत्त्वका साथ लिने गरेका छन् । प्रत्यक्ष तर्फ सिफासिस भएका सुरवीर पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद समेत हुन् भने असिम राई पूर्व जिल्ला संयोजक र युवा माझ लोकप्रिय रहेका छन् । 

निर्वाचनका लागि यसअघि कांग्रेसले पनि नाम सिफारिस गरिसकेको छ भने एमालेले सिफारिसको प्रकृया अगाडि बढाएको छैन ।

भानुभक्त निरौला

Link copied successfully