धनकुटामा चामल बोकेको ट्रक पल्टियो, दुईजना घाइते

प्रहरीका अनुसार गुडिरहेको ट्रकको स्टेरिङ लक भएर दुर्घटना भएको हो । ट्रक सडकबाट करिब १० मिटर तल खसेको छ ।

पुस ८, २०८२

विनोद घिमिरे

Truck carrying rice overturns in Dhankuta, two injured

धनकुटा — धनकुटाको जिरोप्वाइन्टमा चामल र भुस बोकेको ट्रक दुर्घटना भएको छ ।

मंगलबार बिहान सुनसरीको धरानबाट चामल र भुस लिएर हिले जाँदै गरेको ना ७ ख ११६१ नम्बरको ट्रक धनकुटा ७ जिरोप्वाइन्टमा पल्टिएको हो ।

प्रहरीका अनुसार गुडिरहेको ट्रकको स्टेरिङ लक भएर दुर्घटना भएको हो । ट्रक सडकबाट करिब १० मिटर तल खसेको छ । 

दुर्घटनामा ट्रक चालक २८ वर्षीय इन्द्र मगर, सहचालक सामान्य घाइते भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख मनोज खड्गाले जानकारी दिए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully