भिरबाट लडेर वृद्धको मृत्यु

अर्जुनधारा नगरपालिका–२ लाप्चेटार बस्ने अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगरको भिरबाट लडेर मृत्यु भएको हो ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

विराटनगर — झापाको अर्जुनधारा नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतवार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन रहेका अर्जुनधारा नगरपालिका–२ लाप्चेटार बस्ने अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगरको भिरबाट लडेर मृत्यु भएको हो । 

घर नफर्किएपछि परिवार तथा स्थानीयले खोजतलास गर्ने क्रममा उनी शान्ति सामुदायिक वनभित्र पर्ने करिब ६०–७० फिट अग्लो भिरबाट लडेको अवस्थामा मृत फेला परेका हुन्। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको थियो ।

शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully