ञ्चलादेवी बहुउदेश्यीय दूग्ध उत्पादन सहकारी संस्थाले आफ्नो ३१ औं साधारणसभाको अवसर पारेर इन्द्रबहादुर बुढाथोकी, चन्द्रबहादर कार्की र प्रदीप तामाङलाई पुरस्कृत गरेको हो ।
धनकुटा — धनकुटामा गुणस्तरीय र बढी दूध उत्पादन गर्ने किसानलाई नगदसहित पुरस्कृत गरिएको छ । हिलेमा संचालित चञ्चलादेवी बहुउदेश्यीय दूग्ध उत्पादन सहकारी संस्थाले आफ्नो ३१ औं साधारणसभाको अवसर पारेर इन्द्रबहादुर बुढाथोकी, चन्द्रबहादर कार्की र प्रदीप तामाङलाई पुरस्कृत गरेको हो ।
गएको आर्थिक वर्ष २०८१/०८२ मा बुढाथोकीले ९ हजार ९ सय २६, कार्कीले ९ हजार ६० र तामाङले ८ हजार ८ सय ३१ लिटर दूध उत्पादन गरेका थिए । दूध उत्पादक कर्णकुमारी पौडेल, खड्ग दर्लामी, सानु घिसिङलाई समेत सम्मानित गरिएको थियो ।
परिमाणत्मक रुपमा बढी र गुणस्तरीय दूध उत्पादन गर्ने किसानलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उपप्रमुख भीमादेवी खनाल र सहकारीका अध्यक्ष नगेन्द्र पाण्डेले नगद र प्रमाणपत्रले सम्मान गरे ।
आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले ३ करोड ३६ लाख ३३ हजार ७० रुपैयाँ बराबरको दूध बिक्री गरेको संस्थाका ब्यवस्थापक भीमबहादुर मल्लले जानकारी दिए ।
