तीन लाख पुरस्कार राशीको मानाभारा गोल्डकप फुटबल पुस १५ देखि

मानाभाराको प्रचार गर्ने उद्देश्यले आयोजित प्रतियोगिता १९ गते सकिने छ ।

पुस ४, २०८२

आनन्द गौतम

Manabhara Gold Cup Football with a prize money of 300,000 from December 15

ताप्लेजुङ — ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-२ खेजेनिममा पुस १५ देखि प्रथम मानाभरा क्लब स्तरीय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

मानाभरायुथ स्पोर्टिङ क्लबले उपाधि विजेतालाई ३ लाख २ हजार ८२ र उपविजेतालाई १ लाख ५२ हजार ८२ रुपैयाँ पुरस्कार राशीको प्रतियोगिता सन्चालन गर्न लागेको हो ।

यो प्रतियोगितामा जिल्ला बाहिरको एक र जिल्लाभित्रका उत्कृष्ट ७ वटा गरी ८ टिमको सहभागीता रहने
फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष समेत रहेका मानाभारा क्लबका संरक्षक रवीन साम्राले जानकारी दिए ।  
विधागतपुरस्कार तर्फ हरेकदिन म्यान अफ द म्याचले २ हजार ५ सय र समापनमा उत्कृष्टगोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्डर र सर्वाेत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने छ । मानाभाराको प्रचार गर्ने उद्देश्यले आयोजित प्रतियोगिता१९ गते सकिने छ । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully