सप्तरी जन्म भई सोलुखुम्बुलाई कर्मथलो बनाई निरन्तर राजनीति गरिरहेका अशोक झा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूचीको उम्मेदवारका लागि सिफारिसमा परेका हुन् ।
सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुबाट तराई समुदायका एक्ला झा कांग्रेसको समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका छन् ।
सप्तरी जन्म भई सोलुखुम्बुलाई कर्मथलो बनाई निरन्तर राजनीति गरिरहेका अशोक झा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूचीको उम्मेदवारका लागि सिफारिसमा परेका हुन् । कांग्रेस सोलुखुम्बुको महाधिवेशन प्रतिनिधि तथा तरुण दलका केन्द्रीय सदस्यसमेत रहेका झालाई समानुपातिक उम्मेदवारमा सिफारिस गरेर भौगोलिक एकता र सम्मानको सन्देश दिएको कांग्रेस सभापति नाम्गेलजाङ्बु शेर्पाले बताए । भौगोलिक दूरी र जातीय सन्तुलन कायम गर्न पनि हिमाली भेगबाट झालाई सिफारिस गरिएको उनको भनाइ छ ।
दुई दशकदेखि सोलुको राजनीतिमा सक्रिय झाको परिवार सोलुखुम्बुमा नै स्थायी रुपमा बस्दै आएका छन् । समानुपातिक उम्मेदवारमा सिफारिस भएपछि झाले आफूलाई हिमाली जिल्लाले सम्मान दिएको भन्दै तराईको व्यक्ति हिमालमा आएर पनि राजनीति र समाजसेवा गर्दा ठाउँ पाइन्छ भन्ने गतिलो सन्देश दिएको बताए ।
कांग्रेस सोलुले समानुपातिक उम्मेदवारका लागि झासहित ८ जनाको नाम सिफारिस गरेको छ ।
