मिक्लाजुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष राईले छाडिन् एमाले

राईले ग्रामीण तहमा बसेर संगठन गरिरहेको अवस्थामा एमाले नेतृत्वले मूल्यांकन गर्न नसकेको गुनासो पोखिन् ।

पुस ३, २०८२

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको मिक्लाजुङ गाउँपालिकाबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष निर्वाचित भएकी उर्मिला राईले पार्टी परित्याग गरेकी छन् ।

 उनले पार्टी संगठन र नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै यही पुस २ गते एमाले छोडेकी हुन् । राई राष्ट्रिय परिवर्तन पार्टीमा प्रवेश गरिसकेकी छन् । 

उनले ग्रामीण तहमा बसेर संगठन गरिरहेको अवस्थामा एमाले नेतृत्वले मूल्यांकन गर्न नसकेको गुनासो पोखिन् । उनी एमालेको जिल्ला कमिटीसमेत सदस्य थिइन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully