धनकुटामा करेन्ट लागेर बालकको मृत्यु

 पाख्रिबास नगरपालिका-५ चौतारास्थित जंगलमा घाँस काट्न गएका स्थानीय लोकबहादुर तामाङका छोरा १४ वर्षीय बादल तामाङको मृत्यु भएको हो ।

पुस २, २०८२

विनोद घिमिरे

Child dies of electrocution in Dhankuta

धनकुटा — धनकुटामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । पाख्रिबास नगरपालिका-५ चौतारास्थित जंगलमा घाँस काट्न गएका स्थानीय लोकबहादुर तामाङका छोरा १४ वर्षीय बादल तामाङको मृत्यु भएको हो ।

तामाङलाई विद्युत्‌को सपोर्ट तारमा बहेको करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरीका सूचना अधिकारी किशोर तामाङले जानकारी दिए । 

प्रारम्भिक अनुसन्धानपछि शव पोस्टमार्टमका लागि धनकुटा अस्पताल पठाइएको सूचना अधिकारी तामाङले जानकारी दिए ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully