आगामी फागुन २१ हुने प्रतिनिधिसभा चुनावका लागि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका २५ वर्षीय मिरेश राईलाई उम्मेदवार बनाउने शुक्रबार घोषणा गरिएको हो ।
खोटाङ — राष्ट्रिय परिवर्तन पार्टीले प्रतिनिधिसभाका लागि खोटाङबाट उम्मेदवार घोषणा गरेको छ ।
आगामी फागुन २१ हुने प्रतिनिधिसभा चुनावका लागि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका २५ वर्षीय मिरेश राईलाई उम्मेदवार बनाउने शुक्रबार घोषणा गरिएको हो ।
उक्त पार्टीले दिक्तेलको हेलिप्याडमा घोषणासभा गरेर राईलाई उम्मेदवार बनाउने जानकारी गराएको हो । दिक्तेलको किरातचोकदेखि सुरु भएको जुलुसले दिक्तेल बजार परिक्रमा गरी स्थानीय हेलिप्याडमा घोषणासभा गरेको जिल्ला अध्यक्ष टपसेन राईले बताए ।