प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य उम्मेदवारका रूपमा नाम सिफारिस भएका नेताहरूले आगामी प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा उम्मेदवारी दाबी गर्न नपाउने
What you should know
धरान — कांग्रेस सुनसरी क्षेत्र नं. १ ले आगामी प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १, सुनसरीको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ कोशी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नेपाल महिला संघकी जिल्ला सदस्य रुक्मिना गौतम (कोपिला), महासमिति सदस्य विनोदकुमार राई र महाधिवेशन प्रतिनिधि सन्दीप श्रेष्ठको नाम सिफारिस गरेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए।
त्यसैगरी समानुपातिकतर्फ जिल्ला सदस्य अनुपमा सुनुवार, क्षेत्रीय सल्लाहकार डा. आनन्द आचार्य, नेपाल महिला संघकी केन्द्रीय सदस्य उर्मिला प्रधान, महासमिति सदस्य कृष्णकला मादने, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, कोशी प्रदेश सदस्य गोविन्द बस्नेत, क्षेत्रीय सल्लाहकार विश्वराज भण्डारी, पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, क्षेत्रीय सल्लाहकार मिना पुलामी, नेपाल दलित संघका पूर्व केन्द्रीय सदस्य रामबहादुर परियार, महासमिति सदस्य श्यामा रेग्मी, महासमिति सदस्य सुवास राई र क्षेत्रीय सल्लाहकार सचित शर्माको नाम सिफारिस गरिएको छ।
बैठकले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पनि उम्मेदवारको नाम सिफारिस गरेको छ। राष्ट्रियसभा सदस्यका लागि क्षेत्रीय सल्लाहकार उमा वास्तोला, क्षेत्रीय सल्लाहकार काशीराम चौधरी, पूर्व जिल्ला सचिव गिरिराज आचार्य, नेपाल दलित संघ कोशी प्रदेश संयोजक गोविन्द दर्नाल, महासमिति सदस्य चन्द्रप्रसाद श्रेष्ठ, महासमिति सदस्य जगतबहादुर कार्की, क्षेत्रीय सल्लाहकार प्रेमप्रसाद पौडेल, पूर्व जिल्ला सचिव भीष्म काफ्ले, केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, क्षेत्रीय सल्लाहकार हर्ष सुब्बा, पूर्व जिल्ला सभापति हरिनाथ वास्तोला र पूर्व क्षेत्रीय सभापति हेमलाल सुब्बाको नाम सिफारिस गरिएको छ।
बैठकले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य उम्मेदवारका रूपमा नाम सिफारिस भएका नेताहरूले आगामी प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा उम्मेदवारी दाबी गर्न नपाउने निर्णय पनि गरेको छ। पार्टीमा योगदान गरेका नेताहरूबीच समान र न्यायपूर्ण अवसर प्रदान गर्न यस्तो निर्णय गरिएको क्षेत्रीय सभापति तामाङले बताए।
सिफारिसमा परेका नेताहरूबीच समझदारी कायम गरी सर्वसम्मत एकल नाम चयन गर्न पहल गर्ने उद्देश्यले बैठकले एक समिति गठन गर्ने निर्णयसमेत गरेको छ। समितिमा कोशी प्रदेश सांसद ममता तामाङ, कोशी प्रदेश सदस्यहरू सन्तोष विक, किशोर राई, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा १(१) का सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) का सभापति मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल, बराहक्षेत्र नगर सभापति रमेश कार्की, रामधुनी नगर सभापति सुदीप अधिकारी, महासमिति सदस्य तिलक राई, महासमिति सदस्य पर्वतकुमार राई, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई तथा संसदीय दल नेता धरान नरेन्द्रकुमार राई (प्रविन) रहेका छन्।
