धनकुटाको मालबाँसेमा ट्रक दुर्घटना, एकतर्फी सडक अवरुद्ध

घाइते चालकलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ ।

मंसिर २३, २०८२

विनोद घिमिरे

Truck accident in Malbanse, Dhankuta, one-way road blocked

धनकुटा — अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण समग्री बोकेर विराटनगरबाट संखुवासभा जाँदै गरेको ट्रक धनकुटामा दुर्घटनामा परेको छ ।

को  १ ख  ७४४८ नम्बरको  ट्रक साँगुरीगढी गाउँपालिकाको मालबाँसेमा आज बिहान सडकबाट एकसय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक धनकुटा साँगुरीगढी १ का २७ वर्षीय आशिष लिम्बू घाइते भएका छन्  । घाइतेलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । ट्रक खसेको ठाउँमा सडक एकतर्फी अवरुद्ध छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully