अवैध रुपमा भित्र्याइएको साढे छ क्विन्टल माछा नष्ट 

बिलमा पाङ्गास प्रजाति लेखिएको तर अर्कै प्रजातिका भारतीय माछा भेटिएपछि जफत गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकले जानकारी दिए ।

मंसिर २३, २०८२

आनन्द गौतम

Six and a half quintals of illegally imported fish destroyed

ताप्लेजुङ — सशस्त्र प्रहरी बल कञ्चनजंगघा गुल्मले भारतबाट अवैध रुपमा भित्र्याइएको छ सय ३० किलो माछा बरामद गरी नष्ट गरेको छ । 

बिलमा पाङ्गास प्रजाति लेखिएको तर अर्कै प्रजातिका भारतीय माछा भेटिएपछि जफत गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकले जानकारी दिए । 

स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधिको रोहबरमा माछा खाल्डोमा पुरिएको छ । फिनेल, पेट्रोल, गोबर, नुन र फोहरजन्य सामग्री समेत लगाएर माछा पुरिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक योगेन श्रेष्ठले गत भदौ २३ गते पनि कागजातविहीन २ सय ५० किलो माछा जफत गरी नष्ट गरिएको बताए । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully