खेल्ने क्रममा नालीमा जमेको पानीमा डुबेर मृत अवस्थामा स्थानीयले बालकको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
उदयपुर — नालीमा डुबेर उदयपुरमा एक बालकको मृत्यु भएको छ ।
लिम्चुङबुङ गाँउपालिका–४ बलम्ता घर भई त्रियुगा नगरपालिका–३ मोतिगडामा बस्दै आएका देवान राईका दुई वर्षीय छोरा योङहाङ राईको सोमबार दिउँसो मृत्यु भएको हो ।
खेल्ने क्रममा नालीमा जमेको पानीमा डुबेर मृत अवस्थामा स्थानीयहरुले बालकको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले बताए ।
