२८ योजनाको एकसाथ ठेक्का

पूर्वाधार विकास कार्यालय खोटाङमार्फत जम्मा १३ करोड १० लाख रूपैयाँको बजेट बराबरको २८ योजनाको ठेक्का एकसाथ लगाउन लागिएको हो।

मंसिर २०, २०८२

डम्बरसि राई

Simultaneous contract for 28 projects

What you should know

खोटाङ — जिल्लाका विभिन्न २८ योजनाको ठेक्का एकै पटक खुलेको छ। कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट चालु आर्थिक वर्षका लागि शुक्रबार विभिन्न योजनाको ठेक्का खुलेको हो।

पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालका अनुसार, जम्मा १३ करोड १० लाख रूपैयाँको बजेट बराबरको २८ योजनाको ठेक्का एकसाथ लगाउन लागिएको हो।

बडका मिलनचौकदेखि सावाकटहरे–वाप्लुखा हुँदै लिकुवापोखरी–जन्तेढुङ्गा गाउँपालिका केन्द्र जोड्ने सडक २ करोड, आहाले–रेग्मीटार–सगरमाथा राजमार्ग जोड्ने सडक स्तरोन्नति २ करोड, हलेसी–धितुङ–रेग्मीटार सडक स्तरोन्नति १ करोड, हलेसी–तुवाचुङ–एक्लेबर–जनचेतना प्रावि जोड्ने सडक २५ लाख, हुर्लुङ–दम्कु–कुभिण्डे स्तरोन्नति–रावाबेसी गाउँपालिका २५ लाख, चिसापानी नमूना मावि भवन निर्माण ५० लाख रूपैयाँको ठेक्का खुलेको दाहालले सुनाए।

त्यस्तै, धर्तुङ बजार ढलान–बाराहापोखरी ५० लाख, पञ्चमी पाण्डेगाउँ–मानतत्त पुवरगाउँ सडक स्तरोन्नति–दीप्रुङ चुइचुम्मा २५ लाख, दुईचुप्ला हुँदै बुतेपाछाको साकेलाथान–मुडेटोल सडक–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडा २५ लाख, भीरखर्क–बुम्लुङ वडा कार्यालय–सुम्लिखा सडक स्तरोन्नति–खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी ५० लाख, थ्रीस्टार हाइड्रोपावरदेखि खामडाडा हुँदै रिखुवा सडक स्तरोन्नति–दीप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा ५० लाख, ओख्रे–लहरे पैयु हुँदै टेम्माटार सडक स्तरोन्नति–दीप्रुङ चुइचुम्मा २५ लाख, पोखरे–जमुनेटार–सागुटार सडक स्तरोन्नति–दीप्रुङ चुइचुम्मा २५ लाख, बुइपा बजार व्यवस्थापन योजना ५० लाख, छितापोखरी ढलान तथा ढल व्यवस्थापन योजना ५० लाख रूपैयाँको ठेक्का खुलेको हो।

त्यसै गरी, कुहिभीर–खाप्तिङ–लिकुवापोखरी सडक स्तरोन्नति–जन्तेढुङ्गा गाउँपालिका २५ लाख, दीप्रुङ चुइचुम्मा–याम्खा वडा कार्यालय हुँदै लहरे पैयु सडक स्तरोन्नति २५ लाख, गोपीदेखि टेम्माटार हुँदै दिलैची सडक स्तरोन्नति–दीप्रुङ चुइचुम्मा–७ टेम्मा ५० लाख, पसलेडाडा–विधवानी क्रमागत सडक योजना–बाराहापोखरी गाउँपालिका २५ लाख, मेवाखोला–दुम्ली सडक स्तरोन्नति–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडा ५० लाख, छोरम्बु वडा कार्यालयदेखि लोचीबर हुँदै याङसोलाहोमाथान सडक–दीप्रुङ चुइचुम्मा २५ लाख, पञ्चमी–सापातेल–जगनटार–रेग्मीटार सडक–दीप्रुङ चुइचुम्मा–३ छोरम्बु ५० लाख, राजापानी–धितुङ–हलेसी सडक खण्ड अन्तर्गत एक्लेबर–जोरकुवा–पन्थे सडक स्तरोन्नति २५ लाख, सिमलबोटदेखि सामातुङ कटहरेसम्म सडक स्तरोन्नति–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ २५ लाख, चैनटार–लेवा–नोरङ–कृषि सडक स्तरोन्नति–ऐसेलुखर्क गाउँपालिका–७ माक्पा १५ लाख, भन्ज्याङखर्क–डम्बर्खु–शिवालय हुँदै भोजपुर–आमचोक जोड्ने सडक–जन्तेढुङ्गा गाउँपालिका–४ दिप्लुङ १५ लाख, जगनटार–वारेम्तुङ हुँदै मुसुरीडाडासम्म सडक स्तरोन्नति–दीप्रुङ चुइचुम्मा–४ बतासे १५ लाख, चप्लेटीदेखि ज्यामिरे हुँदै मुसुरीडाडासम्म सडक स्तरोन्नति–दीप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे १५ लाख रूपैयाँको योजनाको ठेक्का खुलेको हो।

डम्बरसि

Link copied successfully