संखुवासभाको सभापोखरीमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य र गाउँपालिका अध्यक्ष भिम सिङ्था लिम्बुले शनिबार अस्पतालको उद्घाटन गरे ।

मंसिर २०, २०८२

दीपेन्द्र शाक्य

5-bed basic hospital in operation at Sabhapokhari, Sankhuwasabha

संखुवासभा — संखुवासभाको सभापोखरी गाउँपालिकामा ५ शय्याको अत्याधुनिक आधारभूत अस्पताल शनिबार उद्घाटन गरिएको छ ।

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य र  गाउँपालिका अध्यक्ष भिम सिङ्था लिम्बुले शनिबार अस्पतालको उद्घाटन गरे । नवनिर्मित अस्पतालमा चिकित्सकसहितको दक्ष स्वास्थ्य टोलीले सेवा प्रदान गर्नेछ । अस्पतालले पोस्टमार्टम सेवा, ल्याब, फार्मेसीलगायतका सेवा उपलब्ध छन् । निकट भविष्यमा एक्स–रे, भिडियो एक्स–रे लगायतका थप प्रविधिमैत्री सेवा विस्तार गरिने अध्यक्ष लिम्बुले बताए ।

६ करोड ९७ लाख ८ हजार १ सय ४३ रुपैयाँ ६३ लागतमा बनेको अस्पताल भवनले स्थानीयवासीलाई अब लामो दूरी धाएर उपचार गर्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यका अनुसार, सभापोखरीमा अहिलेसम्म ७ वटा स्वास्थ्य सेवा केन्द्रमार्फत उपचार सेवा दिइँदै आएको थियो । नयाँ अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकाको स्वास्थ्य संरचना थप सबल भएको उनको भनाइ छ ।

दीपेन्द्र

Link copied successfully