शैक्षिक भ्रमणका लागि तीनजुरे गएको को १ ख ५३ नम्बरको स्कुल बस सुनसरी फर्कंदै गर्दा आइतबार धनकुटा बजारको रमाइलो घुम्तीमा दुर्घटना भएको थियो । दु
धनकुटा — धनकुटामा आइतबार भएको स्कुल बस दुर्घटनामा गम्भीर घाइते भएका बस चालक सुनसरीको रामधुनी-५ का ६० वर्षीय भुवन चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
शैक्षिक भ्रमणका लागि तीनजुरे गएको को १ ख ५३ नम्बरको स्कुल बस सुनसरी फर्कंदै गर्दा आइतबार धनकुटा बजारको रमाइलो घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा विद्यार्थीसहित ३६ जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्थाका चालक चौधरीको उपचारका क्रममा बिराट टिचिङ अस्पताल विराटनगरमा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये २ जना विद्यार्थीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बसमा सवार २५ जना उपचारपछि घर फर्किएको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
