निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

'हामीसँग बजेटको समस्या छैन, चुनाव गराउन कुनै आर्थिक संकट छैन । यो सरकारको मुख्य भूमिका नै फागुन २१ को चुनाव सम्पन्न गरेर देशलाई स्थायित्व दिनु हो ।'

मंसिर १५, २०८२

रासस

Elections will be held on the scheduled date: Minister Ghising

बेलबारी,मोरङ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने र यसमा कुनै शंका गर्नु नपर्ने बताएका छन् ।

सोमबार बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित अन्तरक्रियामा उनले जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मूल दायित्व तत्काल समस्या समाधान गर्दै निर्वाचनको वातावरण तयार गरेको बताए । 'हामीसँग बजेटको समस्या छैन, चुनाव गराउन कुनै आर्थिक संकट छैन । यो सरकारको मुख्य भूमिका नै फागुन २१ को चुनाव सम्पन्न गरेर देशलाई स्थायित्व दिनु हो,' उनले भने । 

राष्ट्र निर्माणको वास्तविक आधार मानिसको सोच, चरित्र र क्षमता भएको उनको धारणा थियो । उनले राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै भने, 'सही समयमा सही व्यक्ति प्रधानमन्त्री नभएसम्म देश चल्दैन, ७५ वर्षको अनुभवले देखायो राजनीतिक परिवर्तनले मात्र देश बन्दैन रहेछ ।' उनले अगामी निर्वाचन ठूलो अवसर भएकाले जनताले सही नेतृत्व छान्न आग्रहसमेत गरे।

रासस

Link copied successfully