५० रोपनी जमिनमा लगाइएको गाँजा फँडानी

धनकुटाको चौबिसे र सहिदभूमि गाउँपालिका तथा भोजपुरको हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजा फँडानी गरिएको हो ।

मंसिर १२, २०८२

विनोद घिमिरे

Uprooting of marijuana planted on 50 ropanis of land

धनकुटा — प्रहरीले धनकुटा र भोजपुरका विभिन्न स्थानमा गाँजा फँडानी गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङ र राजारानीबाट खटिएको प्रहरीले धनकुटाको चौबिसे र सहिदभूमि गाउँपालिकाको करिब ८ रोपनी क्षेत्रफलमा रहेको १ हजार ९ सय ५० बोट गाँजा फँडानी गरी नष्ट गरेको हो ।

यस्तै भोजपुरको बोयाङ, हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट गएको टोलीले हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न ४२ रोपनी क्षेत्रफलमा रहेको साढे ४ सय गाँजाका बोट र विरुवा नष्ट गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully