सिंवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मछिन्द्र तवेबुङका अनुसार माझ कटेरीमा घाँस काट्न गएको बेला लिम्बूको लडेर ज्यान गएको हो ।
काठमाडौँ — ताप्लेजुङमा भिरमा घाँस काट्न गएका फक्ताङलुङ गाउँपालिका-३ लिंखिमका बलबहादुर तवेबुङ लिम्बूको मृत्यु भएको छ ।
सिंवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मछिन्द्र तवेबुङका अनुसार माझ कटेरीमा घाँस काट्न गएको बेला लिम्बूको लडेर ज्यान गएको हो । उनी काभ्राको रुखबाट झरेको पाइएको स्थानीयले बताएका छन् ।
घरमा एक्लै बस्ने उनलाई नदेखेपछि स्थानीयले सोमबार खोजी गरेका थिए । आवश्यक कानुनी प्रक्रियापछि अन्त्येष्टि गरिने मछिन्द्रले जानकारी दिए ।
