धनकुटामा सामाजिक अगुवा र साहित्य स्रष्टा सम्मानित 

किरात आठपहरीया भाषा साहित्य तथा साँस्कृतिक विभागले आठपहरिया अगुवा ध्रुव छाराहाङ, जमानध्वज किम्दाहाङ, लालकुमार छित्लिङ, गेहेन्द्र किम्दाहाङ, वीरबहादुर किम्दाहाङ, अष्टबहादुर छोङदेन, श्रवणलाल छित्लिङ र साहित्यकार बिमला चारिङमे आठपहरियालाई सम्मानित गरेको हो ।

मंसिर ६, २०८२

विनोद घिमिरे

Social leader and literary writer honored in Dhankuta

धनकुटा — धनकुटामा सामाजिक अगुवा र साहित्य स्रष्टालाई सम्मान गरिएको छ ।

किरात आठपहरीया भाषा साहित्य तथा साँस्कृतिक विभागले आठपहरिया अगुवा ध्रुव छाराहाङ, जमानध्वज किम्दाहाङ, लालकुमार छित्लिङ, गेहेन्द्र किम्दाहाङ, वीरबहादुर किम्दाहाङ, अष्टबहादुर छोङदेन, श्रवणलाल छित्लिङ र साहित्यकार बिमला चारिङमे आठपहरियालाई सम्मानित गरेको हो । उनीहरुलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरियो । 

कार्यक्रममा आठपहरिया अगुवाले भाषा, साहित्य र संस्कृति लोप हुन लागेको भन्दै चिन्ता व्यक्त गरे । किरात आठपहरिया समाज केन्द्रीय समितिका अध्यक्ष अष्ठबहादुर छोङदेनले आफ्नो जात, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत हुन नसकेको गुनासो गरे । उनले आठपहरिया समुदायको उत्थान र संस्कार संस्कृति जगेर्नामा राज्यले चासो नदिएको गुनासो गरे । 

मुख्य थातथलो धनकुटा भएका अल्पसंख्यक किरात आठपहरिया जातिको जनसंख्या ५ हजार ८ सय ७८ छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully