धनकुटामा माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

दुर्घटनामा परी सङ्खुवासभाको सभापोखरी-२ की ८२ वर्षिया सबिता कालाखेतीको मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

मंसिर ५, २०८२

विनोद घिमिरे

One dead, 12 injured in microbus accident in Dhankuta

धनकुटा — धनकुटामा भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १४ जना घाइते भएका छन् ।

दुर्घटनामा परी सङ्खुवासभाको सभापोखरी-२ की ८२ वर्षिया सबिता कालाखेतीको मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको थापाले बताए । 

साधारण घाइतेहरू १२ जनालाई उपचारका लागि धनकुटा अस्पताल ल्याइएको छ । गम्भीर घाइते चालक जितेन्द्र बुढाथोकी र अर्का एक यात्रीलाई थप उपचारका लागि धरान पठाइएको छ। 

काठमाडौँबाट सङ्खुवासभाको खाँदबारी जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको माइक्रोबस धनकुटाको पाख्रिबास नगरपालिका ५ भैंसेमा  बिहान ६ बजे दुर्घटनामा परेको हो। 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully