यसअघि आयोगका उपाध्यक्ष झापाका डा. राजेन्द्र अधिकारीले कार्तिक २० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए।
विराटनगर — कोसी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन्। बुधवार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गरेको हो।
यसअघि आयोगका उपाध्यक्ष झापाका डा. राजेन्द्र अधिकारीले कार्तिक २० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए। मन्त्रिपरिषद्ले अधिकारीको राजीनामा स्वीकृत गर्दै नयाँ उपाध्यक्षमा निरौलाको नियुक्ति गरेको हो।
निरौला बैंकिङ क्षेत्र तथा स्थानीय शासन–व्यवस्थापनका क्षेत्रमा अनुभवी मानिन्छन्। विकास योजना, नीति निर्माण र दीर्घकालीन कार्यक्रमहरू प्रभावकारी बनाउन अनुभव उपयोगी हुने सरकारको अपेक्षा छ।
