तीर्थयात्रीले चढाएको भेटी समितिका कर्मचारीले संकलन गर्ने र प्रहरी समेतको रोहवरमा झोलामा लाहाछाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने प्रचलन छ ।
ताप्लेजुङ — ताप्लेजुङको पाथीभरा मन्दिरमा कात्तिक महिनामा ३४ लाख ४८ हजार रुपैँयाँ भेटी संकलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो महिना मन्दिर दर्शनका लागि ४२ हजार २ सय ६१ जना पुगेका छन् ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले गत वर्षको कात्तिक महिनाको तुलनामा कम रकम र कम तीर्थयात्री आएको बताए । यसवर्षको असोजमा भएको वर्षा र सडक अवरोधले प्रभाव पारेको हाङबाङले जानकारी दिए ।
तीर्थयात्रीले चढाएको भेटी समितिका कर्मचारीले संकलन गर्ने र प्रहरी समेतको रोहवरमा झोलामा लाहाछाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने प्रचलन छ । यसको गणना भने सदरमुकाम फुङलिङमा रहेको क्षेत्र विकास समितिको कार्यालयमा ल्याएर हुने गरेको छ ।
