उद्धार केन्द्रबाट गत बिहीबार राति ३४ वर्षीया मिना तामाङ, ३० वर्षीया शान्ति मगर र २४ वर्षीया विनिशा गौतम गेट नाघेर भागेका थिए ।
झापा — दमक–२ स्थित मानव उद्धार सेवा केन्द्रबाट फरार भएका तीन महिला मध्ये एक जना भेटिएकी छिन् भने अन्य दुई जना सम्पर्कविहीन छन् ।
उद्धार केन्द्रबाट गत बिहीबार राति वर्ष ३४ की मिना तामाङ, वर्ष ३० की शान्ति मगर र वर्ष २४ की विनिशा गौतम गेट नाघेर भागेका थिए ।
तीमध्ये विनिशा गौतम दमक–४ स्थित सडकमा हिँड्दै गरेको अवस्थामा शनिबार फेला परेको र अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएकाे छ । सडकमा फेला परेकी गौतमलाई पुनः उद्धार केन्द्रकै जिम्मा लगाइएको छ । फरार हुने तीनै जना महिलाको मानसिक अवस्था कमजोर रहेको उद्धार केन्द्रका संस्थापक सुमन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार तीन जना मध्ये तामाङको स्थायी ठेगाना भोजपुर हो भने अन्य दुई जनाको स्थायी ठेगाना पत्ता लागेको छैन ।
मानसिक तथा शारिरीक रुपमा अशक्त तथा अभिभावकविहीन नागरिकलाई संरक्षण गर्दै आएको उक्त उद्धार केन्द्रमा हाल २८ जना आश्रित छन् । उनीहरुलाई विभिन्न स्थानबाट उद्धार गरी मानव उद्धार सेवा केन्द्रमा ल्याएर राखिएको संस्थापक श्रेष्ठले बताए ।
