ट्याक्टर दुर्घटनामा राईको निधन

शनिबार राति भएका दुर्घट्नामा पाँचथरको फिदिम नगरपालिका १४ घर भएका सोहि ट्याक्टरका सह–चालक सोमबादुर राई (पञ्चे)को घट्नास्थलमै ज्यान गएको हो ।

कार्तिक ३०, २०८२

लक्ष्मी गौतम

Rai dies in tractor accident

पाँचथर —  इलाम पाँचथर सिमावर्ती गोरुवाले भञ्ज्याङ नजिकै भएको ट्याक्टर दुर्घट्नामा एकजनाको ज्यान गएको छ ।

इलामको माइमझुवादेखि पाँचथरको लुङरुपातर्फ नेपाली हाते कागज बनाउने लोक्ताको भारी लिएर आँउदै गरेको प्रदेश १ ०२–००३ त ३४०२ नम्बरको ट्याक्टर इलाम र पाँचथरको सिमावर्ती गोरुवाले भञ्ज्याङ भीरबाट नजिक पल्टेको थियो ।

शनिबार राति भएका दुर्घट्नामा पाँचथरको फिदिम नगरपालिका १४ घर भएका सोही ट्याक्टरका सह चालक सोमबादुर राई (पञ्चे)को घट्नास्थलमै ज्यान गएको हो ।

घट्नापछि चालक फरार छन भने दुई जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully