सशस्त्र प्रहरी टोली भारतीय सीमा क्षेत्रको अनुगमनमा, स्थानीयसँग सीमा समस्याबारे छलफल

टोलीले सिदिङवा गाउँपालिका-१ कालीखोला तिम्बुङ पोखरी क्षेत्रदेखि भारतको सीमावर्ती क्षेत्र ग्याल्सिङ नजिकसम्मको क्षेत्र अनुगमन गरेको हो ।

कार्तिक २५, २०८२

आनन्द गौतम

Armed Police team monitors Indian border area, discusses border issues with locals

ताप्लेजुङ — सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मको टोलीले भारतसँग जोडिएको ताप्लेजुङको सीमावर्ती क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै सीमाका विषयमा स्थानीयसँग अन्तक्रिया गरेको छ।

भारतीय सुरक्षाकर्मीसँग समेत संयुक्त सीमा अनुगमन गस्ती गर्नुका साथै सरसफाई अभियान चलाइएको थियो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई, सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोद प्रकाश पाठक सहितको टोलीले सिदिङवा गाउँपालिका-१ कालीखोला तिम्बुङ पोखरी क्षेत्रदेखि भारतको सीमावर्ती क्षेत्र ग्याल्सिङ नजिकसम्मको क्षेत्र अनुगमन गरेको हो ।

सीमावर्ती क्षेत्र कालीखोला आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै सीमाका विषयमा अभिभावक र शिक्षकसँग अन्तक्रिया गरेको प्रधानाध्यापक नन्दराम बानियाँले जानकारी दिए । अन्तक्रियामा गाउँपालिका अध्यक्ष मानबहादुर राई लगायतका जनप्रतिनिधिको समेत उपस्थिति रहेको थियो । 

पाँचथरको चिवा भन्ज्याङमा सशस्त्र प्रहरी सीमा सुरक्षा बल रहेको छ । ८५ किलोमिटरभन्दा बढी भारतीय सीमा क्षेत्र रहेको ताप्लेजुङमा यही टोलीले हेर्दै आएको छ। 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully