घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

घाइते गुरुङलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पुर्‍याइएको थियो । तर डाक्टरले राति करिब १२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

कार्तिक १२, २०८२

दीपेन्द्र शाक्य

One person dies after falling from a tree while mowing grass

संखुवासभा — संखुवासभाको चिचिला गाउँपालिका–५ माङमायामा मंगलबार साँझ घाँस काट्ने क्रममा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार माङमाया बस्ने ५२ वर्षीय गणेश गुरुङ आफ्नै घर नजिकैको जंगलमा नेवारो जातको रुखमा चढी घाँस काट्ने क्रममा करिब २० मिटर तल खसेका थिए ।

घाइते गुरुङलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पुर्‍याइएको थियो । तर डाक्टरले राति करिब १२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । स्थानीयवासीका अनुसार गुरुङ दैनिकजसो जंगलमा घाँस काट्न जाने गरेका थिए ।

दीपेन्द्र

Link copied successfully