सुनसरीको हरिनगरस्थित भुटाहा बजारमा दुई पक्षबीच झडप हुँदा ११ जना घाइते

झडपमा दुवै पक्षका ११ जना घाइते भएको र प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कार्तिक १०, २०८२

अर्जुन सुवेदी

Eleven people injured in clash between two parties at Bhutaha Bazaar in Harinagar, Sunsari

सुनसरी — सुनसरीको हरिनगर गाउँपालिका–१ भुटाहा बजारमा दुई पक्षबीच झडप हुँदा ११ जना घाइते भएका छन् । 

आइतबार साँझ डाइस खेल्ने क्रममा सुरु भएको सामान्य विवादले ठूलो रूप लिँदै दुई पक्षबीच दोहोरो झडप भएको स्थानीय सञ्चारकर्मी नसिम अन्सारीले जानकारी दिए । 

झडपमा दुवै पक्षका ११ जना घाइते भएको र प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

घाइते हुनेमा स्थानीय २६ वर्षीय चन्दन सदा, ५० वर्षीय पचुवा मलहा सदा र ४० वर्षीय राजु दास रहेका छन् । यस्तै २५ वर्षीय राजा सिद्दिकी, २० वर्षीय सोहेल अन्सारी, २४ वर्षीय साजिर सिद्दिकी, ५२ वर्षीय अजमल हुसेन र २३ वर्षीय फैजान अन्सारी रहेका छन् । 

घाइतेहरुको विराटनगरको नोबेल र गोल्डेन अस्पताल तथा स्थानीय हरिनगर स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेले घटनालाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन् । अहिले अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

अर्जुन

Link copied successfully