स्थानीय एलमान थाम्सुहाङको भान्साघरबाट सल्किएको आगोले घर र भान्साघर जल्दा ५ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङमा शुक्रबार घर र भान्सा घर जलेका छन् ।
स्थानीय एलमान थाम्सुहाङको भान्साघरबाट सल्किएको आगोले घर र भान्साघर जल्दा ५ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । थाम्सुहाङको अन्नपात, लत्ताकपडा र घरभित्रका अन्य सामग्रीसमेत जलेका छन् ।
आगलागीपश्चात् थाम्सुहाङ परिवारका १० जना प्रभावित छन् । उनीहरु अहिले आफन्तकहाँ बसिरहेका छन् ।
