विद्युत सर्ट भएर झोला कारखानामा आगलागी

मङ्गलबार राति महेन्द्र उपरकोटी र कल्पना तोलाङ सार्कीको एकतले पक्की घरमा आगलागी भएको थियो ।

कार्तिक ५, २०८२

आनन्द गौतम

Fire breaks out at bag factory due to electrical short circuit

काठमाडौँ — फुुङलिङ नगरपालिका ४ भानुस्कुल छेउ कञ्चनजङ्घा टोलमा मंगलबार राति झाेला बनाउने कारखानामा आगलागी हुँदा लाखाैंकाे क्षति भएकाे छ ।

मङ्गलबार राति महेन्द्र उपरकोटी र कल्पना तोलाङ सार्कीको एकतले पक्की घरमा आगलागी भएको थियो । 

विद्युत सर्ट भई आगलागी हुँदा झोला बनाउने कारखानाका सरसामान जलेको जिल्ला प्रहरी ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार तीन लाख बराबरको ब्याग बनाउने मेसिन चार थान, २० लाख बराबरको तयारी ब्याग र १३ लाख बराबरको ब्याग बनाउन प्रयोग गरिने उपकरणसहितका सामग्री जलेका छन् । स्थानीय, प्रहरी, सेनासहितका सुरक्षा निकायले आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।  

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully