हतियार प्रहारबाट संखुवासभामा एकजनाको मृत्यु

स्थानीय विक्रम कुमालले कर्णबहादुर कुमालको हत्या गरेको डीएसपी कुमारप्रसाद मैनालीले बताए ।

कार्तिक ४, २०८२

दीपेन्द्र शाक्य

One person dies in Sankhuwasabha due to gunshot wound

संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका–९ सालबिसाउने टोलमा मंगलबार साँझ धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु भएको छ ।

स्थानीय विक्रम कुमालले कर्णबहादुर कुमालको हत्या गरेको डीएसपी कुमारप्रसाद मैनालीले बताए । उनका अनुसार, विमानस्थल सुरक्षागार्ड तुम्लिङटारले साँझ करिब ७ बजे हत्या भएको जानकारी पाएको थियो । तुरुन्तै प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । 

प्रहरी नायव निरीक्षक देवीबहादुर कार्कीको कमाण्डमा टोली खटिएको र थप अनुसन्धान तथा आवश्यक कार्यका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट डीएसपी कुमारप्रसाद मैनालीको नेतृत्वमा थप टोली घटनास्थल पुगेको छ । उनका अनुसार प्रहरीले घटनाको विस्तृत अनुसन्धान थालेका र प्रारम्भिक जानकारीका आधारमा घटनामा प्रयोग भएको धारिलो हतियारको प्रकृति र कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

घटनास्थलमा प्रहरीले आवश्यक अनुसन्धानका कार्य अगाडि बढाइरहेको छ भने शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा पठाइएको छ ।

दीपेन्द्र

Link copied successfully