त्रियुगा नगरपालिका–१४ की एक बालिका वेपत्ता भएपछि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिले संयुक्तरूपमा खोजी कार्य जारी राखेको वडाध्यक्षले जनाएका छन्।
उदयपुर — दूधकोशी नदीमा डुबेर उदयपुरकी एक बालिका बेपत्ता भएकी छिन्। आइतबार बेलुका साथीहरूसँग नुहाउन गएकी त्रियुगा नगरपालिका–१४ साउनेढुङ्ग्राकी अर्जुन तामाङकी सात वर्षीया छोरी अनुसा तामाङ नदीमा डुबेर बेपत्ता भएकी हुन्।
बालिका वेपत्ता भएपछि स्थानीयवासी र प्रहरी टोलीको सक्रियतामा खोजी कार्य भइरहेको त्रियुगा नगरपालिका–१४ का वडाध्यक्ष हिमराज मगरले बताएका छन्। ‘बालिका बेपत्ता भएको खबर पाएपछि जनप्रतिनिधि, स्थानीय र प्रहरी टोली मिलेर खोजी कार्य गरिरहेका छौँ, तर हालसम्म फेला पार्न सकिएको छैन,’ उनले भने।
