त्रियुगा नगरपालिकाका करारका कर्मचारीको सम्झौता रद्द

मन्त्रिपरिषद्को असोज ४ को निर्णय, अर्थ मन्त्रालयको असोज ७ को निर्देशन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको पत्रअनुसार निर्णय कार्यान्वयन गरिएको नगर प्रमुख वसन्त बस्नेतले बताए ।

कार्तिक १, २०८२

राकेश नेपाली

Contracts of contract employees of Triyuga Municipality cancelled

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिकाले अस्थायी, दैनिक ज्यालादारी र करार सेवामा नियुक्त कर्मचारीको सम्झौता रद्द गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै स्वीकृत दरबन्दी बाहेकका कर्मचारीको सम्झौता कार्तिक १ देखि लागू हुने गरी रद्द गर्ने निर्णय  गरेको हो ।

मन्त्रिपरिषद्को असोज ४ को निर्णय, अर्थ मन्त्रालयको असोज ७ को निर्देशन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको पत्रअनुसार निर्णय कार्यान्वयन गरिएको नगर प्रमुख वसन्त बस्नेतले बताए । 

प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले हस्ताक्षर गरेको सूचनामा संघीय सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेकका अस्थायी, ज्यालादारी र सेवा करारका कर्मचारीको सम्झौता रद्द गरिएको जनाइएको छ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully