खोटाङमा देउसी-भैलो राति १० बजेसम्म मात्रै

असोज ३१ गते सूचना जारी गरी जुवातास, लङ्गुरबुर्जा, चिठ्ठा लगायतका कानुनले निषेध गरेका गतिविधिहरू नगर्न आग्रह गरिएको हो ।

आश्विन ३१, २०८२

डम्बरसिं राई

Deusi-Bhailo in Khotang only until 10 pm

खोटाङ — जिल्ला प्रशासन कार्यालय खोटाङले नजिकिँदै गरेको तिहार तथा छठको अवसरमा जुवातास, चिठ्ठा लगायतका कानुनले निषेध गरेका क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

असोज ३१ गते सूचना जारी गरी जुवातास, लङ्गुरबुर्जा, चिठ्ठा लगायतका कानुनले निषेध गरेका गतिविधिहरू नगर्न आग्रह गरिएको हो । त्यस्तै पटका, आतिशबाजी लगायतका विस्फोटक पदार्थ तथा निषेधित वस्तुको ओसारपसार, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरिएको छ । 

तिहारको बेला देउसी-भैलो, नाचगान लगायतका सांस्कृतिक कार्यक्रम अनुशासित, मर्यादित ढंगले राति १० बजेसम्म मात्र सञ्चालन गर्न समेत निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।  

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully