धनकुटामा बस दुर्घटना, दुई जनाको मृत्यु 

घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

आश्विन २९, २०८२

रमेशचन्द्र अधिकारी

Bus accident in Dhankuta, two dead

धनकुटा — विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully