ट्याक्टरको ठक्करबाट उदयपुरमा एक जनाको मृत्यु

त्रियुगा नगरपालिका–२ मोथियाहीस्थित भित्रि सडकमा सोमबार बिहान ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको हो ।

आश्विन २७, २०८२

राकेश नेपाली

One person died in a tractor collision in Udaipur

उदयपुर — ट्याक्टरको ठक्करबाट उदयपुरमा एक जनाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–२ मोथियाहीस्थित भित्रि सडकमा सोमबार बिहान ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको हो । 

कच्ची सडकमा बाटो काट्ने क्रममा म.प्र. ०१–००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए ।

दुर्घटनापछि फरार रहेका ४० वर्षीय ट्याक्टर चालक धर्मेन्द्र राजधामीको खोजी भइरहेको र ट्याक्टर धनि रामजिवास राजधामीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully