उदयपुरमा गुडिरहेको कारमा आगो लाग्दा बालक घाइते

कार इलामबाट काठमाडौंतर्फ जाँदै थियो । आगलागीको कारण पत्ता नलागेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आश्विन २७, २०८२

राकेश नेपाली

A child injured when a moving car caught fire in Udaipur

उदयपुर — गुडिरहेको कारमा एक्कासि आगो लाग्दा कारमा सवार बालक घाइते भएका छन् । सोमबार बिहान मदन भण्डारी लोकमार्गस्थित उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा सडकमा गुडिरहेको कारमा एक्कासि आगो लागेको थियो ।

आगलागीमा परेर चुलाचुली गाउँपालिका–५ इलामका ७ वर्षीय आरोन सेन्चुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । 

कार चालक चुलाचुली गाउँपालिका–५ इलामका ४२ वर्षीय प्रेमकुमार सेन्चुरी, कारमा सवार उनकी श्रीमती २७ वर्षीय अनिता सेन्चुरी, छोरा १४ बर्षीय आयुष सेन्चुरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरु बा ९ च ८६६८ नम्बरको कारमा इलामबाट काठमाडौंतर्फ जाँदै थिए । आगलागीको कारण पत्ता नलागेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully