शनिबार मध्याह्न १२ बजे भएको दुर्घटनामा घाइते भएका बस्नेतको उपचारका क्रममा विराटनगरस्थित न्युरो हस्पिटलमा शनिबार राति १० बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् ।
खोटाङ — सवारी दुर्घटनामा घाइते भएका एक युवकको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–४ बडकादियालेको रोक्सिङ भन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका स्थानीय २६ वर्षीय प्रदीप बस्नेतको मृत्यु भएको हो ।
शनिबार मध्याह्न १२ बजे भएको दुर्घटनामा घाइते भएका बस्नेतको उपचारका क्रममा विराटनगरस्थित न्युरो हस्पिटलमा शनिबार राति १० बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् ।
बस्नेत स्थानीय झलनाथ विश्वकर्माले चलाएको अल्फाबेट नखुलेको ९९२५ नम्बरको मोटरसाइकलको पछाडि सवार रहेको मिश्रले जनाएका छन् ।